युद्धभित्र उभिएका वुद्धहरु कवितासंग्रहका समीक्षाहरू

युद्ध भित्र उभिएका वुद्धहरुलाई नियाल्दा - व्याकुल माहिंला

नेपाली वाङमयको श्रीवृद्धि गर्ने कार्यमा हङकङमा रहेका नेपालीहरु विगत एक दशक यतादेखि सक्रियरुपमा लागिपरेकाछन् । नेपाली साहित्यको संस्थागत विकास गर्न नेपाली साहित्य प्रतिष्ठान,हङकङको स्थापना तात्कालीनमा नै भएको हो । जसले त्यहा नेपाली साहित्य र सांस्कृतिक विषयमा विभिन्न कार्यक्रमको आयोजना गर्नुका साथै पत्रिका र पुस्तकहरु प्रकाशन गर्ने कार्य गर्दछ । त्यसै क्रममा आफ्नो पहिलो कृतिको रुपमा युवाकवि टंक सम्वाहाम्फेको ' युद्ध भित्र उभिएका वुद्धहरु ' नामक कविता संग्रह प्रकाशित गरेकाछन् । बाँकि..................
____________________________________________________________________________________
युवाकवि टंक सम्वाहाम्फेको कविता संग्रह अध्यायन गर्दा - फणिन्द्र कुमार पोख्रेल

एघारौ शताब्दीदेखि प्रारम्भ भएको नेपाली भाषाको इतिहासले विभिन्न युग र समयसंग पौंठेजोरी खेल्दै आजको एक्काइसौ शताब्दीमा पाइला टेक्ने अवसर प्राप्त गरीसकेको छ । विभिन्न शिलालेख,ताम्रपत्र,भोजपत्र हुदै छिमेकी राष्ट्रका भाषाहरु हिन्दी,उर्दू,फारसी,बङ्गाली, आदि र नेपाली भाषाकै जननी भाषा संस्कृतबाट प्रभावित हुदै आफ्नै मौलिक स्वरुप र पहिचानलाई कायम राख्दै अगाडी बढेको नेपाली भाषाको पहिलो लिखित कविता भने वि।सं.१८२६ को सुवानन्द दासको "पृथ्वीनारायण शाह" नै प्रमाणित भएको पाइन्छ । बाँकि..................
____________________________________________________________________________________
युद्ध भित्र उभिएका वुद्धहरुसंग अल्मलिन खोज्दा - पद्मप्रसाद काफ्ले

-
धनकुटा जिल्लाको कुरुले तेनुपा गा।वि.स.मा निवासी समाजसेवी सेरवहादुर लिम्वूकी धर्मपत्नी बुधरानी लिम्वूको पेटपुछाउनी अथवा कान्छा सुपुत्र कवि टंक सम्वाहाम्फे "युद्ध भित्र उभिएका वुद्धहरु" कविता संग्रहका काव्य सर्जक हुन् । सामान्य परिवेश र साधारण पारिवारिक पृष्ठभूमिमा उम्रिएको विरुवा पनि उचित मलजल पाएमा फैलिन र झाङ्गीन सक्दोरहेछ भन्दा अत्युक्ति हुदैन ।
बाँकि..................

____________________________________________________________________________________
युद्ध भित्र उभिएका वुद्धहरुमा कवि टंक सम्वाहाम्फे - गोविन्द विकल

समयका नकरात्मकहरुसंगको युद्ध नै अहिलेको कविताको मूल स्वर भएको छ । कृष्ण सेन इच्छुक ,आहुति,इश्वरचन्द्र ज्ञावाली,गंगा श्रेष्ठहरुले लडाकू यथार्थवादी कविताहरु लेखेर साहित्यमा नया धारको शुरुआत गरेकाछन् । समाजवादी यथार्थवाद कै धरातलममा उभिएको लडाकू यथार्थवाद र जादुइ यथार्थवाद साहित्य कलामा आजको प्रगतिवाद हो । बाँकि..................
____________________________________________________________________________________
युद्ध भित्र उभिएका वुद्धहरुको गुदी - चन्द्र मादेन "आन्छन्"

मेरा अभिन्न मित्र टंक सम्वाहाम्फेजीले (वहाँ नेपालदेखि छुट्टी बिताए भर्खरै हङकङमा प्रवेश गर्नु भएपछि हाम्रो पहिलो भेटमै) 'मेरो उपहार स्वरुप' भनेर अचानक मेरो हातमा पुस्तक थमाइदिनु भयो । एकछिन त अलमल्ल परेँ । पुस्तक नियाल्न थाले "युद्ध भित्र उभिएका वुद्धहरु" (कवितासंग्रह) का कवि पर्नु भएछ वहाँ नै । आफैम छक्क पर्दै ज्यादै कौतुहलका साथ भित्र बाहिर आत्तिँदै पुस्तक हेरेँ आफैँ छक्क परेँ। भित्रबाहिर,छेउकुना तलमाथि सबै सरसर्ती हेरेर पनि कति दोहोर्‍याइ तेहर्‍याइ पनि हेरेँ ।
बाँकि..................
____________________________________________________________________________________
परिवेश,सृजनशीलता र टंक सम्वाहाम्फे - योगेन्द्र दाहाल

नेपाली साहित्यको मध्यकालीन इतिहासमा 'अदभूत रामायण' नामक कृति लिएर श्री रमाकान्त वराल धनकुटा जिल्ला कुरुले तेनुपाको तर्फबाट हाजिर रहनु भयो । लेखनाथकालीन परिस्कृत आधुनिक नेपाली साहित्यसंगै स्वच्छन्दवादी साहित्य यात्राको नाममा अराजकता पनि आउन नखोजेको अवश्य होइन । बाँकि..................
____________________________________________________________________________________
टंक सम्वाहाम्फेको युद्ध भित्र उभिएका वुद्धहरु - बद्री पलिखे

जिन्दगीको नदीलाई तर्न सकिन्छ कि भनेर जंघार हिड्न कोसिस गरिरहेछुतर कहिल्यै जंघार नाघिसकेका हुदैनौ वरु निरन्तर अनुभूति मात्र संगालीरहेका हुन्छौ । यसरी अनुभूति संगाल्ने क्रममा अनेकौ रीतहरुलाई ब्यहोर्दै आफ्नो जन्मभूमिवाट पराइभूमिमा पाइला टेक्दा पनि आफ्नोपनले कहिल्यै छाड्दैन रहेछ । हरपल मुटुमा भावनाहरु सजीव भएर लस्करै उभिन थाल्छन् । बाँकि..................
___________________________________________________________________
कवि सम्वाहाम्फे र युद्ध भित्र उभिएका वुद्धहरु - अग्निप्रसाद बराल

आकस्मत योगेन्द्र दाहालले कवि टंक सम्वाहाम्फेको युद्ध भित्र उभिएका वुद्धहरु शीर्षक कविता संग्रह हातमा दिँदै भोलि वि।सं.२०५७ चैत्र ११ गते एक व्यक्ति कविता वाचनमा भाग लिन जाने निमन्त्रणा समेत दिँदा मेरो वृद्धत्वबाट कठ्याङ्ग्री सकेको साहित्यिक सहृदयता साहित्य सुधाको शेचन पाई पुनर्ःउर्वराउन लागेको अनुभव भयो र हत्तपत्त कविता संग्रहका कविताहरु सरसरि हेर्ने जमर्को गरे । बाँकि..................
___________________________________________________________________
अशोक रार्इ - हंगकंगमा टंक सम्बाहाम्फे र उनको "युद्धभित्र उभिएका बुद्धहरु"

टंक सम्बाहाम्फे हंगकंगमा एक लोकप्रिय तथा कृयाशील साहित्यकर्मी हुन् । उनी कवि मात्र होइनन् राम्रा गितकार पनि हुन् । उनको आफ्ना गीतहरुको दुर्इ वटा गीति संगालो मनोभाव र सार बजारमा आईसकेका छन् । हंगकंगमा सम्बाहाम्फेले गरेका बैचारीक, साँस्कृतिक, राजनैतीक एबं सामाजिक प्रयत्नहरु निकै महत्वपूर्ण छन् । नेपाली साहित्य प्रतिष्ठान हंगकंगका वर्तमान अध्यक्ष तथा अनेसास हंगकंग च्याप्टरका महासचिव सम्बाहाम्फेले प्रतिष्ठानको स्थापनार्थ सुरुदेखि नै अटुट् संङ्गठानीक प्रयासहरु गर्नुका साथै हंगकंगमा नेपाली साहित्यको उत्थानका लागि महत्वपूर्ण योगदान दिदै आएका छन् । बाँकी ...............

1 comment:

Ramji Timalsina said...

very useful for researchers.