लेखहरु

कहिले काही धेरै पहिले सुनेका गीतहरु अचानक रेडियो वा क्यासेटवाट सुन्न पाउदा मनै कस्तो कस्तो हुन्छ । पुराना यादहरु समुद्रको छाल झै मडारिएर मानसपटलभरि छचल्किदिन्छ ।जहा सम्म यस्तो मलाई मात्र होइन तपाई हामी सवैलाई हुन्छ । यो एउटा मानवीय स्वभाव पनि हो । यदि त्यही गीत निर्माण कालमा घात सहनु परेको थियो भने च्वास्स मुटुमा झिरले घोचे झै घोच्न पनि सक्छ । यो गीत संगीतले साच्चै नै मानवीय समवेदना वोकेको हुदोरहेछ । बाँकी.................
.
डेढ दशक अगाडी विदेशतिर हुर्इकिँदा यी हातहरुले कलम समातेर सिर्जना गर्न पाईएला भन्ने सयमा एक प्रतिशत पनि सोचेको थिईन । सोच्नु पनि कसरी ? परदेशमा पाईला टेकेपछि जे पर्ला सोही टर्ला भन्ने हेतुले हिडिएको हुन्छ । फेरि साहित्य सिर्जना जस्तो गहन कुरा वास्तवमा चानचुने विषय वस्तु अवश्य होइन । त्यसैले कहिले कही आकाशको फल आँखा तरी मर भन्ने उखान सो सरह होला कि जस्तो लाग्थ्यो साहित्य निर्माणका कुरा । बाँकी.................
.
जुलाई १३,२००५ तदनुसार भानु जयन्तिको अवसरमा श्रृजनशील अराजक कवि हाङयुग अज्ञातद्धारा लिखित नया कृति ककफिक कविता संग्रह नेपाली साहित्य परिषद हङ्गकङ्गले प्रकाशन तथा विमोचन गरे पश्चात पुनः गएको अगष्ट २ मा लेखक संघ हङ्गकङ्गको आयोजना र मिसाल प्रतिष्ठान हङ्गकङ्गको प्रायोजनमा ककफिक मन्थन कार्यक्रम वुद्धिजीवी, साहित्यकार र पत्रकारहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न भयो । बाँकी.................
.
हङकङमा कलम चलाउने साथीहरु साप्ताहिक रुपले आफ्ना विचारहरु सम्प्रेषण गर्न लागि परेकाछन् भने म चाहिं महिनौ पछाडी कामको चटारो र हतारोलाई वल्लैले पन्छाएर एउटा सानो लेख जोड्ने घृष्टता कस्दैछु । मनले जति नै कलम अर्जाप्न चाहे पनि कामको प्रकृतिले काहा पो भन्या जस्तै कलम चलाउन पाईएको छ र ? तर पनि विचार र भावनाहरुले द्रविभूत गर्न थाले पछि अरु दश काम छोडेर भए पनि लेख्ने मान्छेलाई लेख्नु नै ठुलो लाग्दो रहेछ । बाँकी.................
.
समय अत्यन्तै वेगवान हुन्छ न छेकेर छेक्न सकिन्छ न रोकेर रोक्न सकिन्छ । केवल एकहोरो नदीको प्रवाह झैं सलल वगिरहन्छ । त्यही समयसंग वाधिएर केही न केही सृजनामा वाधिन पाए हुन्थ्यो भन्नेलाग्छ । त्यही मनलाई अरु केहीमा वाध्न नसके पनि शव्दहरुसंग,विचारहरु वांध्न ठूलो कोशिस जारी गर्छु त्यो कोशिस केही नभए पनि केही भए झैं लाग्छ र आशाका मुनाहरु पलाउन थाल्छन् । मानौ. म केही त गरिरहेको छु कि जस्तो भान मलाई हुन्छ । बाँकी.................
.
यसपालीको नया वर्ष २००७मा केही धेरै काम गरौला भनेर नयाँ नयाँ कुराहरु सोँच्दा सोँच्दै मौनताले अनायासै छोपिदियो । त्यसैले वैशाखको महिनामा पनि हरियो-परियो बनेर भनेजस्तै तरिकाले पलाउन हम्मे परिरहृयो व्यस्तताको घुइँचोले । ममा कुनै आलश्यताले बास लिएको पनि होइन र मैले गर्नै नचाहेको पनि होइन । तर मौनतालाई चिर्न नसक्दा कुहिरोको कागसरी त्यसै त्यसै अल्मलिरहेँ । बाँकी.................
-
सन् २००७ को अन्तिम दिनदेखि नेपाली महासंघ हङकङले महासंघ दिवसको अवसर पारी विगत एक दशकदेखि विभिन्न क्षेत्रमा विशेष योगदान दिने हङकङवासी नेपाली व्यक्तित्वहरुलाई पुरस्कार दिई सम्मान गर्ने कार्यको थालनी निश्चय नै सुखद कुरा हो, राम्रो शुरुवात हो । तर राम्रो कुराको शुरुवात हुँदाहुँदै पनि एकाएक उक्त पुरस्कार तथा सम्मान विवास्पद बन्न पुगेकोछ हङकङवासी नेपालीहरुको माझ ।बाँकी.................
-
हङकङमा क्रिसमसको उल्लासमय वातावरण सकिंदा नसकिंदै अर्को उल्लास थप्न सन २००९ को नयाँ वर्ष आउँन केहि दिन मात्र बाँकी थियो । नयाँ वर्षलाई मनाउँने मेरो कुनै तयारी थिएन । औसत दिनहरु झैं हृदय देखि स्वागत गरुँला भन्ने सोच्दै मात्र थिए । तर अचानक नेपाली साहित्य प्रतिष्ठान हङकङलाई साहित्यमा सेवा गरे वापत नेपाली महासंघ हङकङद्वारा नेपाली पदक प्रथमले सम्मान गर्ने जानकारी पाएपछि मेरो मनले नयाँ वर्षलाग्नु भन्दा केहि दिन अगाडी नै नयाँ वर्षलागेको महशुस गर्न थाल्यो । बाँकी.................
-
नेपालमा नयाँ संविधान लेखनको लागि सम्विधान सभाका ६०१ सभासद्हरु जनताको राय सुझाव संकलन गर्न प्रश्नपत्र सहित चालिस टोलीमा विभाजन भएर देश दौडाहामा निस्किएका छन् भने कतिपय ठाउँमा सभासद्हरुले राय सुझाव संकलन गरि सकेर राजधानी फिर्ने क्रम जारी रहेको छ । उक्त सभासद् टोलीहरु गाउँ पुग्न थालेपछि जनताको ति व्र असन्तोष र आक्रोसहरु पैदा भएकाछन् ।बाँकी.................

No comments: