सार गीतिसंग्रहका सामीक्षाहरु

गीतकार टंक सम्बाहाम्फे र कर्णप्रिय गीतहरूको सार - हाङयुग अज्ञात
गीतको विषयमा लेख्नुपर्दा मलाई अत्यन्तै गारो पर्छ । तेसमाथि पनि मायापिरतीका गीतहरूमा समिक्षा या भूमिका लेख्नुपर्‍यो भने मेरो मस्तिष्क शून्य हुन्छ । तर, भर्खरै हङकङका गीतकार टंक सम्बाहाम्फेको गीतिएल्बम् सारमा संकलित गीतहरू सुनिसकेपछि मलाई के लागेको छ भने गीतका विषयमा लेख्नुका लागि मस्तिष्क होइन, हृदय चाहिने रहेछ । हङकङेली नेपाली साहित्य (हनेसा)को जग हाल्नेमा पहिलो कविगोष्ठी गर्ने किरात याक्थुङ चुम्लुङका भूपेन्द्र चेम्जोङ र चन्द्र मादेन, नेपाली साहित्य प्रतिष्ठानका पहिलो अध्यक्ष र्राई चन्द्र दुमी, प्रतिष्ठानकै क्रान्ति सुब्बा, देश सुब्बा, शरण सुब्बा, शिव प्रधान, प्रकाशकृष्ण बाक्सिला र नेपाल कुश्शाहरूकै लहरमा प्रतिष्ठानका वर्तमान अध्यक्ष टंक सम्बाहाम्फे उभिएका छन् । बाँकि .......................

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
सारको मन छुने गीतहरू - देश सुब्बा
सामवेद, साम् मुन्धुमदेखि वर्तमान हाम्रो समय समयसम्म आइपुग्दा गीत, संगीत चेतना, आवाज, श्रवण हाम्रो कालको ढाँचामा आइपुग्यो । समय केही अगाडि बढ्ने बित्तिकै मीठा गीतहरू रंग उडेको घरजस्तो हुन थाल्दोरहेछ । केही समय अगाडि मात्र उत्तम ठानेको कतिपय गीत केही समयपछि फिक्का लाग्न थालेको हुँदोरहेछ । त्यसमा पनि आफ्नो भावना, अनुभूति, प्रेम नबोकेको गीत कृत्रिम लाग्दोरहेछ ।त्यसमा पनि आफ्नो भावना, अनुभूति, प्रेम नबोकेको गीत कृत्रिम लाग्दोरहेछ ।अबको साहित्य, गीत, राजनीति पृथक हिँड्न छाडेको आभाष हुँदैछ । बाँकि .......................

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
' सार ' गीति एल्बमको बारेमा - अशोक राई
कबि तथा गीतकार टंक संम्बाहाम्फेको रचना र सुमधुर स्वरका धनी गायक कृष्ण भक्त राईको स्वरमा दशवटा गीतहरुको संगालो 'सार' लाई सुन्ने मौका पाएँ । एउटा गीतमा बरिष्ठ संगीतकार दिनेस सुब्बाले संगीत दिनु भएको छ भने बाँकी गीतहरुमा गायक स्वयमको संगीत रहेको छ । शब्दहरुले प्रेमको मीठास बोकेका छन् भने छातीभित्रका दर्दहरु पनि पोखेका छन् । गीतमा दुख र बियोगका शब्दहरुले नै मीठास दिने गर्दछ । सम्बाहाम्फेका गीतहरु पनि प्राय प्रेम बियोगमा आधारित छन् । मेलोडीका हिसाबले सबै गीतहरु सुमधुर छन् । टंक सम्बाहाम्फेको यो दोश्रो गीति सौगात हो । वहाँले यस अघि नै 'मनोभाव' गिती एलबम रेकर्ड गराइसक्नु भएको छ ।ब्यर्थै किन चढाएछु देउरालीमा फूलमाया गरि तिमीसँग गरेँ एउटा भूलखासगरि साहित्यकारहरुका बीचमा कवि भनेर चिनिनु हुने संम्बाहाम्फे राम्रा गीतकार पनि हुन् भन्ने कुराको प्रमाण यो पछिल्लो गिती सौगातले दिएको छ । बाँकि .......................

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
टंक सम्वाहाम्फेको अर्को गीति अल्वम - राई चन्द्र दुमी
हंगकंगको नेपाली सांगितिक माहौलमा घरिन,घरि गीत र्सजकहरुले तहल्का मच्चाई रहन्छन । यस्मा लागि परेर गीतकारमा आफुलाई दर्ज गर्ने २ नामहरु हुन राम कृष्ण बान्तवा र टंक सम्बाहाम्फे । भनौँ उनिहरुको एकलराज्य भन्दा फरक नपर्ने अवश्था आईसकेको छ यस क्षेत्रमा । किनभने गीत सिर्जना गर्दा डुबेर सिर्जना गर्नेहरु मध्यमा मलाई लागेको यस क्षेत्रको हंगकंगका हस्ती श्रष्टाहरु यी दुइ हुन । यसपटक कवि टंक सम्वाहाम्फेलाई मैले यसरी यहा किन ल्याईरहेछु भने उनि कममा गीतकार बढीमा कवि लाग्थे मलाई । बाँकि .......................

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
गीति संग्रह "सार" भित्र टंक सम्बाहाम्फे - टंक वनेम
उक्त माथिका हृदय स्पर्शी अभिब्यक्तिहरु गीतकार टंक सम्बाहाम्फे द्वारा "सार" नामक आधुनिक गीति संग्रहमा अभिब्यक्त भएको हो । संगीत विश्वको भाषा हो । संगीतका पारखीहरुले रेटेर वा सिर्जना गरेर मात्र संगीत बज्दैन । चराचर जगतका सम्पूर्ण बस्तुहरुमा संगीतको सिर्जना भई रहेको हुन्छ । बलेंसीमा तप्केको तप... तप... तप... तप...पानीको थोपाले निकालेको स्वर संगीत हो । चराहरुको चिर्रबिर्र,हुरी बतासले हल्लाएका सालघारीको सुसाई र नागबेली खोलामा बग्दै गएको साङ्लो पानीको मूर्च्छनायुक्त स्वर पनि संगीत नै हो । बाँकि .......................

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

कवि टंक सम्बाहाम्फेले फोन वार्ताकै क्रममा- एउटा गीती एल्वम निकाल्ने तरखरमा छु नाम जुराउन बाँकी छ, सोंचेर खबर गरौ है नरेश जी भनेका थिए । मैले पनि हुन्छ भनि हाले । तर, सृजनशील साहित्य पत्रिकाको चटारोले उनको आग्रहलाई समयमै पूरा गर्न सकिन । पछि एउटा नाम जुर्याएर हत्त न पत्त फोन गरेर प्रसंग उठाउदै नाम सुनाउन के लागेको थिए उनले ढिला भैसक्यो भने । किनभने उनले नाम जुराएर कभर समेत छापाई सकेका रहेछन् । एलबमको नाम जुरेछ "सार", साह्रै सुन्दर लाग्यो ।कहिले सम्ममा गितहरू सुन्न पाइएला भन्ने प्रश्नमा उनले एक दुइ महिना भित्र सुन्न पाईन्छ होला भने । मैले अग्रीम बधाई र शुभ कामना दिए.., त्यत्तिकैमा त्यो दिनको हाम्रो फोनवार्ता टुङ्गीयो । बाँकि .......................

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
राम कृष्ण बान्तवा - "सार,, अलवम सुनिसकेपछि
साधरण यौटा लेखकले गीत संगीतको समिक्षा गर्नु भनेको आकासको ताराहरु गनिसक्छु भनेजस्तै हो । त्यसैले यो ,,सार अलवम,, को समिक्षा होईन मात्र सुनिसकेपछिको मेरो ब्यक्तिगत अभिब्यक्ति हो यो । संगीतको समिक्षा गर्नै परेमा हंगकंगका बरिस्ट संगीतकार व्दय दिनेश सुब्बा नागेन्द्र श्रेष्ठहरुनै गुहार्नुपर्ला र गीतको जो बोल छ त्यस्को लागि यो रामकृष्ण बान्तवा पर्याप्त नहोला । जे होस म यहा संगीतको कुरापनि गर्दिन । कवि टंक सम्वाहाम्फे मुलतः मैले चिनेको स्वच्छन्दतावादी कवि हुन ।तर आज कविमात्र नभएर गीतकारको लहरमापनि चर्चित भईसक्नुभएको छ । उनै बहु प्रतिभाशाली लेखक गीतकार टंक सम्वाहाम्फे र उनकै बारेमा अलिकति र थोरै गायक कृष्णभक्त र्राई को बारेमा कुरा गर्न चाहन्छु यहाँ । बाँकि .......................

No comments: