बिभिन्न समयका अन्तर्वार्ता

१.नेपाल डट एचकेसँगको अन्तर्वार्ता
वास्तवमा मनभित्र सँधै कुराहरु हुँदा रहेछन्, खेल्दा रहेछन्, सायद मृत्युपर्यन्त हुन्छन्, खेल्छन् नै जस्तो लाग्छ कुराहरु । तर जीवन वोधले लखेट्दा वा लखेटिँदा भेटिएका भावना र विचारहरुलाई अक्षरहरुमा मुछ्दा एउटो सिङ्गो जीवन उभेको अनुभूति पाउँदादेखि नै लेख्नुपर्छ भन्ने लागेको हो र अर्को कुरा, अक्षरहरुले बनेको जीवन, हाम्रो जीवनभन्दा अमर हुन्छ भन्ने लागेर नै जानी नजानी लेख्नतिर धकेलिएको हुनुपर्छ म । बाँकी अन्तर्वार्ता.........
कुनै पनि बस्तु जस्तै त साहित्यलाई प्रयोजन गर्न सकिन्न किनकी यो भावना र विचारका कुराहरु हुन् । साहित्यकारले प्राय यिनै र यस्तै कुराहरुलाई दृष्टिगत गरेर लेख्ने गर्छ र आत्मासन्तुष्टि लिने गर्छ । त्यहि विषयबस्तुहरु भाषा सेवा र साहित्य समृद्धिसँग जोडिन पुग्छन् । र साहित्यकारले देश विकासको लागि त्यसका पूर्वाधारहरुको खाका कोर्न पुग्छ । म पनि यिनै कुराहरु सोचेर साहित्य लेख्ने गर्छु । बाँकी अन्तर्वार्ता.........
टंक सम्वाहाम्फे आफ्नै विचार र भावनाको मालीक हो जस्तो लाग्छ सम्वाहक जस्तो लाग्छ । वास्तवमा र्सवसाधारण नेपाली हो भनेर चाहि ठोकुवा दिनसक्छु । हुनत पाठकको दृष्टि र मेरो दृष्टिमा फरक हुन सक्छ किनभने दृष्टि आआफ्नै प्रकार हुन्छन् । आफुले आफैलाई म यस्तो हुँ भन्दा पनि अरुले औल्याई दिनु राम्रो हो जस्तो लाग्छ । बाँकी अन्तर्वार्ता.........

No comments: