यात्रा संस्मरणहरु

गत जुलाई ५,२००८ शनिवारका दिन एक वर्ष अगाडिदेखि वनाएको योजनाको फत्ते हुने दिन थियो र भयो पनि । त्यो योजना ३ वर्ष पछिको नेपाल यात्रा अथवा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो यात्रा । साथमा संलग्न थिए, जीवन संगीनी कमला, सालो ईन्द्र र छोरा विश्वास ।गाउँघर र परिवारको सम्झनाले हङकङबाट उता नेपालमा जाऊँ जाऊँ लागे पनि समयले ३ वर्षको फड्को मारिदियो । बाँकी.....
हंगकंगको साहित्यिक माहौल निक्कै बढी रहेको थियो । नौलो चिनाजानीले पनि होला यहाको साहित्यकार दौतारीहरु संग ब्यस्ततालाई वास्तै नगरी कहिले कहिको भेटघाटमा कविता सुनाउने सुन्ने र प्रतिकृया दिने क्रमको श्रीगणेश भैहाल्थ्यो । त्यति मात्र नभएर टेलिकविता वाचन गर्ने कार्य पनि हुन्थ्यो । सन् १९९७/९८ तिर हंगकंगमा नेपाली पत्रिकाहरु प्राय त्रैमासिक रुपमा मात्र निस्कन्थ्यो । बाँकी.....
अनेसास हङकङ च्याप्टरको पुनर्गठनपश्चात् हङकङमा साहित्यकार तथा साहित्यप्रेमीहरुमा हलचल नै पैदा भएको छ । किनकि यहाँ अन्य साहित्यिक संघ-संस्थामा नसमेटिएका साहित्यकार मित्रहरुसमेत आबद्घ भएर साहित्य लेखनको लागि जुर्मुराएको पाउँदा त्यस्तो तरङ्ग उत्पन्न भएको हो । खासगरी साहित्यिक स्रष्टाहरु संगठित रुपले अगाडि बढौं भन्ने उद्देश्यले नै अनेसास हङकङ च्याप्टरले यस्तो पहल शुरु गरेको हो । बाँकी.....
यसपाली हङकङमा साहित्यिक कार्यक्रमहरु अलि बाक्लै रुपमा भए । त्यो हङकङमा बसोवास गर्ने नेपाली स्रष्टा तथा नेपाली साहित्यप्रेमीहरुको लागि उत्साह कै कुरा हो । हुन त हङकङमा नेपाली साहित्यलाई उत्थान गर्ने हिसावले विगत दश बर्षअगाडी देखि नै संस्थागतरुपले नेपाली साहित्य प्रतिष्ठान हङकङ स्थापना भएर क्रियाशील भैरहेको छ । बाँकी.....
वैदेशीक रोजगारीको क्रममा सन १९९१को अन्तिम दिन अथवा डिसेम्वर ३१ तारिखका दिन मैले संयोवस दक्षिण कोरियाको भूमिलाई टेक्न पुगेको थिए । तत्पाश्चात झण्डै ५ वर्षको रोजगारी समयलाई भाँचेर सन १९९६ को अगष्ट महिनामा हङकङ हुँदै जन्मभूमि नेपालको काखमा सकुशल अवतरण गरियो । बाँकी.....

No comments: