निबन्धहरु

नेपाली समाजमा विभिन्न खाले उक्ति भनाई र उखान टुक्काहरु प्रचलनमा वोलिदैलेखिदै आएको पाइन्छ । खासमा यसलाई शव्द सेतुको रुपमा प्रयोग गरिएको हो । मानिसहरुलाई कसैलाई सफलता मिलोस् वा काममा दत्तचित्त भएर लागोस् भन्ने हेतुले उदाहरण स्वरुप यस्ता भनाई र उखान टुक्काहरु पेश गरिन्छ । बाँकी........
-
विचारलाई साधारण रुपले परिभाषा गर्दा मनन चिन्तन अथवा सोच नै भन्ने कुरा बुझीन्छ । तर यसलाई समालोचकीय दृष्टिकोणले विश्लेषण गर्ने हो भने अनेकौ अर्थहरु लाग्छन् । विचारलाई म वास्तवमा प्रष्ट विचारको रुपमा प्रस्तुत गर्न चाहन्छु किनभने प्रष्ट बिचारले मात्र सम्भावनाहरु धेरै बोकेका हुन्छन् । हरेक दिन भावनामा टुसाउँने कलिला विचारहरुलाई सहि र साँचो ढङ्गले मूर्त विचारको रुपमा उभ्याउँन सधै र्इच्छा जागेर आउँछ । र त्यसलाई राम्रो बिचार बनाउँनको लागि धेरै चिन्तन मनन् गर्न थाल्छु । बाँकी........
-
हङकङमा कलम चलाउने साथीहरु साप्ताहिक रुपले आफ्ना विचारहरु सम्प्रेषण गर्न लागि परेकाछन् भने म चाहिं महिनौ पछाडी कामको चटारो र हतारोलाई वल्लैले पन्छाएर एउटा सानो लेख जोड्ने घृष्टता कस्दैछु । मनले जति नै कलम अर्जाप्न चाहे पनि कामको प्रकृतिले काहा पो भन्या जस्तै कलम चलाउन पाईएको छ र ? तर पनि विचार र भावनाहरुले द्रविभूत गर्न थाले पछि अरु दश काम छोडेर भए पनि लेख्ने मान्छेलाई लेख्नु नै ठुलो लाग्दो रहेछ । त्यसैले कामसंग छलिदै लुक्दै यो लेखलाई अगाडी वढाउने तरखर गर्दैछु । बाँकी........
-
डेढ दशक अगाडी विदेशतिर हुर्इकिँदा यी हातहरुले कलम समातेर सिर्जना गर्न पाईएला भन्ने सयमा एक प्रतिशत पनि सोचेको थिईन । सोच्नु पनि कसरी ? परदेशमा पाईला टेकेपछि जे पर्ला सोही टर्ला भन्ने हेतुले हिडिएको हुन्छ । फेरि साहित्य सिर्जना जस्तो गहन कुरा वास्तवमा चानचुने विषय वस्तु अवश्य होइन । त्यसैले कहिले कही आकाशको फल आँखा तरी मर भन्ने उखान सो सरह होला कि जस्तो लाग्थ्यो साहित्य निर्माणका कुरा । किनभने साहित्य जन्माउनको लागि समय,परिस्थिति र त्यस्तै खाले महौलको आश्यकता पर्दछ । बाँकी........
-
जीवन जीउनको लागि हरेक मान्छेले आ -आफ्नै खाले समय र परिस्थितिसंग सम्झौता गर्नुपर्नेहुन्छ नचाहेर पनि । यदि कसैले त्यो क्षणहरु संग कुनै प्रकारको सम्झौता गर्न चुक्यो भने उसको जिवन केही न केही वर्वादीका पलहरुले आकस्मिक आक्रमण गर्न सक्छन् । उक्त आक्रमणवाट पुनः यथास्थितिमा तग्रीनकोलागि मानसिक रुपमा घाइते हुनु त पर्छ नै । त्यो भन्दा पनि ठूलो आर्थिक क्षति र भौतिक प्रतारणा व्याहोर्नु पर्नेहुन्छ । बाँकी........
-
फागु पूर्णे अथवा फागु पूर्णिमाको दिन अन्य सालहरु झै दोहोरिएर आउछ । कता हो कता म सानो छदाको याद र कलेज जीवनमा विताएका धरानको याद एकै पटक वावियोको डोरी वाटिए झैं वाटिएर आउछ । यसको महत्व नेपालमा परम्परा कालदेखि नै रहेको कुरा विभिन्न इतिहासकारहरुले आ-आफ्नो कृतिहरुमा लेखेको पाइन्छ र यसलाई चाड कै रुपमा मनाउने गरिन्छ । खास गरी पहाडी क्षेत्रमा भन्दा तराई प्रदेशमा धुमधामसंग एकले अर्कालाई अविर दलेर खुशीयाली मनाइन्छ र मनाइदै आइएको छ । बाँकी........
-
प्रत्येक सालको चैत्र मसान्तपछि नया वर्ष वैशाख एक गते वनेर टुप्लुक आई पुग्छ । कसैले त्यसलाई वोलाइ रहनुपदैन, अनायसै हाम्रो व्यस्ततालाई चिरेर नया पात्रोमा नयां वर्ष छाइदिन्छ । वोट विरुवाहरुको नांगो शरीरमा पालुवा भएर हरियाली छाएको प्रत्यक्ष देख्न सक्छौं । पुरानो वर्ष अवशान पछि रंगिने नया वर्ष एउटा उत्सवनै होकि जस्तो लाग्छ । किनभने नयावर्ष मानिसमा नवीन जोश, जांगर, खुशी, उमांग थपिदिने कार्य गर्छ । बाँकी........

No comments: