डायरी

यो इन्टरनेट डायरी मार्फत र्सवप्रथम म आफ्नै व्यक्तिगत कुरालाइ अगाडी वढाइ रहेको छु । केहि समय अगाडी मेरा सहकर्मी मित्र तथा एचके नेपाल डट्कमका सम्पादक पशन तमू जी ले एउटा वेग्लै इन्टरनेट डायरी वनाइ दिने भनेर मलाइ एउटा आश्वासन दिनु भए पछि अनेक रुपले मैले त्यसलाइ सोच्न थाले । तर हंगकंगको व्यस्त समयको कारणले त्यो त्यतिकै तुहियो । तर इच्छा भने मरेर गएन । अन्तत मेरो मनमा एउटा योजना नै वन्न पुग्यो । त्यो के हो भने मेरो रचनाहरु राखेर छटै वेवसाइट मार्फत पाठकहरुको सामु परयाउन पाए अत्यान्तै राम्रो हने थियो भन्ने सोचियो । त्यसै अनरुप केहि सोची रहेकै वेला अचानक व्रनाइमा रहनु हने हितैषी मित्र विश्वासदीप तिगेला जी संग अनलाइन चाटमा भेट भयो । त्यस पछि मैले आफ्नो व्लग साइट वहालाइ देखाए । मेरो व्लग साइट वहाले अवलोकन गरे पछि डोमीन नेम र होष्टिङ सवै उपहार स्वरुप एक वर्षको लागि केहि मीनट मै तयार गरी दिनु भयो । अन्तत मेरो सपनाले साकार रुप लियो । अहिले हाल त्यसै वेवसाइट मार्फत मेरा सम्पुर्ण साहित्यिक लेख रचनाहरु पाठकहरु समक्ष प्रस्तुत गर्ने जमर्को लिएको छु । यो डायरी मार्फत तपाइहरुलाइ विभिन्न समयमा लेखिएका डायरीहरु अवश्य लिएर आउने नै छु । आजलाइ यति नमस्कार ।

2 comments:

limbu bkrm said...

pragatiko kamana tanka dai

limbu bkrm said...

pragatiko kmna 6 tanka dai