दुर्इ शब्द

समयको मागलाई कहिल्यै पनि नकार्न सकिदैन किनभने त्यहि अनुरुप मानिसको स्वभाव पनि परीवर्तन हुदै जाने भएकोलेत्यहि माग वमोजिम काम पनि अगाडी वढाउदै लैजानु पर्ने हुन्छ । त्यसै भएकोले नेपाली साहित्यमा पनि समय अनुरुप परीवर्तनको खाचो तड्कारो रुपले देखा परेको छ । त्यो के हो भने साइवर साहित्य । साइवरले संसारलाइ यति साघरो वनाएको छ जो क्षणभर मै सारा कुरा थाहा पाउन सकिन्छ । र साहित्यमा पनि विश्वव्यापीरुपले पाठकहरु आफ्ना पहुचमा लिन यो माध्यम रामवाण नै ठहरीएको छ । लाग्छ त्यहि कारणले गर्दा नै एक्काइसौ सताव्दिका मान्छेहरुले साइवर गाउको परीकल्पना गरेका हुन् । विश्वको साहित्यलाइ मध्यनजर गर्दा नेपाली साहित्यमा पनि यसको जरुरत वढी भन्दा वढी देखिन आएको छ । मैले पनि त्यहि साइवर साहित्यलाइ निरन्तरता दिनको लागि आफ्ना केहि लेख रचनाहरु पाठकहरुको समक्ष प्रस्तुत गर्ने जमर्को लिएको छु। अवश्य पनि स्विकार्य नै होला भन्ने ठानेको छु ।

No comments: